कुवेत जान खोज्दा यसरी फसिन्छन नेपाली चेलीहरु

१६ श्रावण २०७६, बिहीबार ०९:५१

काठमाडौं , बिर्तामोड–६ रुपा लिम्बु (नाम परिवर्तन) पुस अन्तिम साता कुवेत जान भनी निस्किइन् । काँकडभिट्टा पार गरेर जलपइगुडी रेल्वे स्टेसनबाट करिब २४ घन्टा रेल यात्रापछि दिल्ली पुुगिन् । त्यहाँ पुगेर आफूलाई कुवेत पठाउने एजेन्टलाई फोन गरिन् । एजेन्टले एउटा भाडाको घरमा लगेर राखे । त्यहाँ अरु महिला पनि थिए ।
रुपा दिल्ली पुगेको एकसातापछि आइपुगिन्, रौतहटको गुजारा नगरपालिका–२ की सानीमाया घिसिङ (नाम परिवर्तन) । सानीमाया साउन १ गते सुनौली नाका पार गरेर दिल्ली पुगेकी थिइन् । रुपालाई झापाकै गोपाल बराइली नामका एजेन्टले दिल्ली पु¥याएका थिए । सानीमाया राज नामका एजेन्टको साथ लगेर डिल्ली पुगेकी थिइन् ।

दुवैले करिब डेढ महिना दिल्लीको जाडो भोगे । दलालले तीन–चार दिनपछि उडाउँछु भनेर आश्वासन दिएको थियो तर डेढ महिनासम्म नपठाएपछि रुपाले भनिन्, ‘मलाई विदेश जानु छैन, घर फाईइदेऊ ।’
रुपाले यति भनेपछि दलाल कुवेत पठाउन सहमत भए । इन्दिरा गान्धी विमानस्थल पु¥याएर फर्कनुअद्धि ती दलालते हामतामा टिकट र पासपोट थमाउँदै भने, ‘दुबई पुगेर जहाज फेर्नुपर्छ है, ध्यान दिनुहोला’ रुपा र सानीमायाले नपत्याउने कुरै थिएन । ९ फागुनमा दिल्लीबाट उडेको करिब ३ घण्टापछि जहाज रोकियो ।

रुपा र सानीमायाले ठाने–दुबइ आइपुग्यो, अब कुवेतका लागि अर्को जहाज चढ्नुपर्छ । हत्तपत्त काउन्टरमा पुगेर पासपोर्ट देखाए । नबुझिने भाषामा विमानस्थल कर्मचारी काइँगुइँ गर्न थाले । केही समयपछि प्रहरीले आयर कागजात शंकास्पद रहेको भन्दै पक्रेर लग्यो । यो समाचार कान्तिपुर दैनिकमा छ ।