कुखुरा खोरबाट ५ जना जुवाडे पक्राउ

१२ कार्तिक २०७७, बुधबार १०:३६

कैलाली , कैलालीबाट ५ जना जुवाडे पक्राउ परेका छन । गौरीगंगा नगरपालिका ६ स्थित एक कुखुरा खोरबाट मंगलबार राति उनीहरु पक्राउ परेका हुन ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले गोप्य सुचनाको आधारमा २ गड्डी तास र २ लाख २३ हजार ५०० नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिनु भयो ।