किन हुन्छन मौसम् परिवर्तनसँगै मानिस बिरामी ?

१० बैशाख २०७५, सोमबार १०:४६

वैशाख १०, काठमाडौं ।

जाडो मौसम सकिएलगत्तै वा मौसम परिवर्तन भएलगत्तै धेरैजना मानिसलाई रुघाकर्मी वा खोकी भाइरल देखापर्दछ । के कारणले यस्तो हुन्छ त आज हामी यसका बारेमा बताउनेछौं ।

तापक्रममा घटबढ वा परिवर्तन आउनेबित्तिकै अनेकथरीका भाइरस देखा पर्दछन् । यिनै भाइरसका कारणले मानिसलाई बिरामी बनाउँछन् ।

गर्मी र जाडोमा मानिसलाई बिरामी बनाउन राइनोभाइरस र कोरोनोभाइरसले मुख्य भूमिका खेलेका हुन्छन् ।

यी इन्फ्लुन्जा एकदम छिटो फैलिन्छ र मानिसलाई छिट्टै नै बिरामी बनाउँछन् । यस्ता परिस्थितिमा मानिसलाई पूर्ण रुपमा सामञ्जस्य मिलाउन गाह्रो पर्दछ साथै रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसहरु यस्तो रोगबाट शिकार हुन पुग्दछन् ।

मौसम परिवर्तन हुँदा वा बाहिरी तापक्रम बदलिदा शरिरको प्रतिरोधात्मक क्षमता आँफै घट्दछ । मौसम परिवर्तन हुँदा ज्वरो आउने, खोकी लाग्ने, टाउको दुख्ने र थकावटजस्ता समस्याहरु देखापर्छन् ।

स्वास्थ्यका लागि नियमित रुपमा सरसफाइ, कसरत र पौष्टिक आहारमा ध्यान दिनुभएन भने मौसम परिवर्तन हुनेबित्तिकै तपाई बिरामी हुनुहुन्छ । यदि यी कुराहरुमा तपाइले बिशेष ध्यान पुर्याउनुभयो भने बिरामी हुने सम्भावना कम हुन्छ ।