किन बनेन ट्रयाक खुलेको १२ वर्षमा पनि सडक ?

२८ माघ २०७५, सोमबार ११:५३

जाजरकोट , जाजरकोटको खलङ्गा–पाँचकाटीया २३ किलोमिटर सडकको ट्रयाक सडक मार्ग खुलेको १२ वर्ष बित्यो । तर सम्बन्धित निकायले खलङ्गा –पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन् ।किन बनेन ट्रयाक खुलेको १२ वर्षमा पनि सडक ? सडक विभाग, भेरी नगरपालिकालगायत निकायले सडकको मर्मत सुधारमा बेवास्ता गर्दा यात्रुलाई सास्ती भएको छ । कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका बासिन्दालाई आवत जावतमा समस्या भइरहेको छ । हिउँदमा धुलाम्मे तथा बर्खा लागे हिलाम्मे हुने सडकका कारण जनताले समस्या भोग्नु परेको हो । करोडौँ खर्च गरेर निर्माण गरेको उक्त सडकमा छ महीना पनि यातायात सञ्चालन हुदैन । सडकको ट्रयाक खुलेकै वर्षौ बित्यो, तर स्थानीयवासीले यातायातको सुविधा पाउन सकेका छैनन् । दर्जनौं स्थानमा घुम्ती तथा ग्रेडिङ नमिल्दा सडकमा यातायात सञ्चालन हुन नसकेको हो । पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नति र निर्माण सम्पन्न हुनुपर्ने स्थानीयवासीको माग छ ।