किन गर्छन आत्माहत्या ?

१९ मंसिर २०७४, मंगलवार ११:३६

आदर्श प्रधान (मनोविज्ञ, होलिस्टिक माइन्ड्स एन्ड लाइफ सेलिबे्रसन सेन्टर, धापासी)
मंसिर १९, काठमाडौं ।


नेपालमा आत्महत्याको तथ्यांक डरलाग्दो छ । आर्थिक बर्ष ०७३÷७४मा मात्र पाँच हजार एक सय २४ जनाले आत्माहत्या गरेका छन् । बर्सेनि आत्महत्याका संख्या बढी नै रहेको छ । विश्व स्वास्थय संगठनका अनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको सातौं स्थानमा पर्न आउछ । महिलाको आँकडालाई हेर्दा त तेसा्रे स्थानमा पर्न आउँछ । तर, लक्षण पहिचान गरि रोकथाममा ध्यान दिन सकेमा आत्महत्यालाई केही हदसम्म नियन्त्रण गर्न सकिन्छ ।
१.कारणहरु ः
– चरम आर्थिक नोक्सानी, असफल प्रेमजस्ता कारणले पनि मानिस आत्माहत्या गर्ने गर्छन्,
– प्राय ः उदास र निराशावादी भावनाका कारण मानिसले आत्माहत्या रोजछन् । आत्माहत्या गर्ने समयमा मानिसले बाँकी जीवनका लागि कुनै पनि विकल्प देखेका हुदैनन्,
– अत्याधिक रिसको कारणले पनि मानिसले आत्महत्या गर्ने गर्छन् । सहन नसक्ने घट्ना, गम्भीर रोग,अपमानबोधका कारणले पनि मानिसले आत्महत्याको बाटो रोज्ने गर्छन्,
– कतिपय आत्महत्या वंशानुगत कारणले पनि हुने गर्छ । आत्महत्या गर्ने परिवारको इतिहासले पनि मानिसले आत्महत्या गरेको पाइन्छ,
– काममा असुरक्षा, असन्तुष्टि, निरन्तर दुव्र्यवहारको सामनाका कारण पनि मानिस आत्महत्याको निर्णयमा पुग्छ,
२.लक्षणहरु ः
– अत्यन्तै धेरै वा कम सुत्ने हुन्छन्,
– यस्तो मानिस चिन्तित र उत्तेजित हुन्छन्,
– आत्महत्याबारे सोचेको मानिस अत्यन्त निराशाजनक हुन्छ र हरेक क्षण एक्लोपनको महसुस गर्छ,
– सामाजिक कार्यमा सहभागी हुन नचाहाने, नहुने, कोहीसँग बोल्न आवश्यक नठान्नेजस्ता लक्षण पनि देखाउने गर्छन्,
– यस्ता मानिसले स्वयमलाई हानी गर्ने विधि पनि खोजि गरिरहेका हुन्छन््,
३.रिसर्चहरु ः
विश्व स्वास्थय संगठनका तथ्यांकअनुसार आत्महत्या गर्नेमा नेपाल विश्वको साताँै स्थानमा पर्छ । महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेसा्रे देश हो । विश्वभरको तथ्यांकले पुरुषमा ४५ र महिलामा ५५ बर्षपछि आत्महत्याको सम्भावना बढ्ने गरेको देखाउँछ । आत्महत्या गर्नका कारण त किटान गर्न सकिदैँन, तर अनुसन्धानले मानसिक रोगका कारण ९० प्रतिशतले आत्महत्या गर्ने गरेको देखाउँछ । डिप्रेसन आत्महत्या गर्न सघाउ पु¥याउने प्रमुख मानसिक रोग हो । त्यस्तै बाइपोलार डिस्अर्डर, स्किजोफेनिजाजस्ता मानसिक रोगीहरुले पनि आत्महत्या गर्ने गर्छन् ।
४. रोकथामहरु ः
– विशेषगरी परिवारका सदस्यले नै आत्महत्याको लक्षणलाई पहिचान गरेर उत्प्रेरणा जगाउन आवश्यक हुन्छ । लक्षण देखाउँने व्यक्तिसँग लामो समय रहन पनि आवश्यक हुन्छ ।
– यस्ता व्यक्तिलाई नियमित ध्यान गराउनुपर्छ । ध्यानले नकारात्मक विचारबाट प्रभावित हुनबाट जोगाउनुका साथै जिउने कलाको विकास गराउँछ ।
– यस्ता प्रकारका मानिसलाई लागुपदार्थ र माद्यपानको लतमा फसेको धए तत्काल मुक्त गर्न प्रयास गर्नपर्छ ।
– आत्महत्याको लक्षण पहिचान गरेर रोकथाम गर्नु निकै चुनौतीपूर्ण कार्य हो । सामान्यतया आत्महत्या लक्षण देखिनासाथ सम्बन्धित व्यक्तिलाई उचित शारीरिक, मानसिक परामर्श दिनुपर्छ । त्यति गर्दा पनि जीवनशैलिमा परिवर्तन आएन भने मनोचिकित्सकसँग सल्लाह लिई उपचार गर्नुपर्छ ।