काहीँ नभएको जात्रा हाँडी गाउँमा

८ कार्तिक २०७५, बिहीबार १८:०३

‘काहीँ न’भाको जात्रा हाँडी गाउँमा’– यो नेपाली समाजमा निकै प्रचलित आहान हो । वास्तवमै काठमाडौँको मध्य ठाउँ हाँडी गाउँमा अनौठो जात्रा र साँस्कृति झाँकी प्रस्तुत गरिन्छ ।

हुन तकाठमाडौँ सहर जात्रा, मेला पर्वको सहर हो । नेवारी समुदायमा दिनहुँ यस्ता पर्व हुन्छन् । हाँडी गाउँको जात्राको कथा अलिक अनौठो छ ।हाँडी गाउँको जात्रा एक गर्भवती महिलाको मिथसँग जोडिएको छ । भगवान विष्णु एक दिन मत्र्यलोक घुम्न आएका थिए । उनको भेट गर्भवती महिलासँग भयो । प्रसूती पीडाको छटपटाहटमा रहेकी ती महिलालाई भगवान विष्णुले ‘विष्णु’ शब्दोच्चारण गर्न लगाए । पीडाले व्याकुल भएकी ती महिलाले प्रसूती व्यथाले च्यापेको समयमा ‘नचाहिँदो’ काम लगाएको ठानिन् र अस्वीकार गरिन् । भगवान विष्णुले आफूलाई अत्यन्तै अपमानित महसुस गरेर क्रूद्ध हुँदै आफ्नै लोक फर्किए भगवान रिसाएकाले ती महिलालाई बच्चा पैदा गर्न बाह्रवर्ष पर्खिनु प¥यो । अझ हाँडी गाउँमा त कथन छ– कसैगरी महिलाको पेटबाट बच्चा नजन्मिएपछि स्थानीयहरूले कहीँ नभएको अनौठो र ठूलो जात्रा मनाएपछि भगवान खुसी भएर श्राप फिर्ता लिएका थिए ।

लिच्छवीकालीन समयमा विशालनगर विद्यपुर नामको सहर थियो । विद्यपुर शिवपुरी पहाडको फेदमा उत्तरमा बूढानीलकण्ठ नारायण र दक्षिणमा पाटनको शङ्खमूल र पूर्वमा देवपत्तन, पश्चिममा नारायण चौर विष्णुमती तटसम्म फैलिएको थियो । तिनैताक राजपरिवारका दिदी बहिनीबीच बच्चा पैदा गराउन दैवी शक्ति आवश्यक पर्छ भन्ने मतान्तर चल्यो । दिदी दैवै शक्ति आवश्यक पर्छ भन्ने बहिनी आफ्नै बल शक्तिले बच्चा जन्माउन सकिन्छ, ईश्वरको शक्तिको आवश्यक छैन तर्क राखिन् । फलस्वरूप बहिनीले गर्भवती भएको बाह्रवर्षसम्म बच्चा जन्माउन सकिननन् । अतिशय पीडामा पर्नुप¥यो । ज्योतिषीलाई देखाउँदा विष्णुलाई हेलाँ गरी आफ्नै शक्तिले बच्चा जन्माउन सकिन्छ भनेको कारण नारायण रिसाएर हिमालमा गएर बसेको हुँदा कही नभएको तरिकाले जात्रा गरी फकाएर ल्याएमात्रै बच्चा जन्मिन्छ भनेकाले जात्राको चलन चलेको हो ।

अरू जात्रा गर्ने खटमा माथि गजुर त्यसपछि छाना शिखर शैलीको रथ अथवा प्यागोडा शैली निर्मित हुन्छ ।त्यसमुनि देवता राखिन्छ । तर, यहाँ त्यसो नगरी गजुर मुनि राखिन्छ । यो कहीँ नभएको विशेषता हो । त्यसैले “कहीँ नभएको जात्रा हाँडी गाउँमा भन्ने उक्ति चलेको हो ।