काश्मिरमा गोलाबारी

२ माघ २०७४, मंगलवार ०७:३७

माघ २, काठमाडौं । (एजेन्सी)
विभाजित काश्मिरको हिमाली क्षेत्रमा भारीय तथा पाकिस्तानी सैनिकबीचको गोलाबारीमा ४ पाकिस्तानी सैनिकको मृत्यु भएको जनाइएको छ ।

उक्त घट्नाका लागि एकले अर्कालाई युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएका छन् । सोमबार भारतीय सैनिकसँग भएको अर्काे एक गोली प्रहारको घटनामा पाँच सदिंग्ध लडाकू मारिएको अधिकारीहरुले जानकारी दिए ।

काश्मिरको पकिस्तानी हिस्सामा रहेको इलाकाबाट भारत अधीनस्थ क्षेत्रमा गोली प्रहार भएको उनीहरुले बताए । पकिस्तानी सेनाले सञ्चार लाइन मर्मत गरिरहेका सैनिकमाथि सीमापारिबाट गोलाबारी गरेको आरोप लगाएको छ ।