‘कालीको ठुम्का’ सार्वजनिक

६ माघ २०७६, सोमबार १०:५९

काठमाडौं , गायक अजित घिमिरेको आवाज रहेको गीत ‘कालीको ठुम्का’ सार्वजनिक भएको छ । गायक घिमिरेकै शब्द तथा संगीत रहेको उक्त गीतमा उदयराज पौडेलको एरेञ्ज रहेको छ । कार्टुन क्रुज तथा भीमफेदी गाइजको नृत्य रहेको गीतको भिडियोलाई निर्मल लामाले निर्देशन गरेका छन् ।

पवन शुसलिङको छायांकन तथा सम्पादन रहेको गीतको भिडियोमा मोडल आश्मा विश्वकर्मालाई कालीको भूमिकामा प्रस्तुत गरिएको छ । आश्मालाई पर्दामा सरोज अधिकारी, निर्मल लामालगायतका कलाकारले साथ दिएका छन् ।