कार्यकारी राष्ट्रपतिको बहस जारी राख्नुपर्छ कृषि तथा पशुपन्छी विकासमन्त्री खनाल

२६ आश्विन २०७५, शुक्रबार १८:०७

 

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ले काठमाडौंमा मासुबारे अलिक बढि सचेत हुनुपर्ने बताउँदै मन्त्रालयले मासुको नियमन गरिरहेको बताएका छन । काठमाडौंमा मासुको अनुगमन गिरिरहेका छौं । नेपालमा मासुको प्रयोग बढि हुने गरेको छ । नियमन भने हुन सकेको छैन् । राँगाको मासुको सन्दर्भमा निकै नै अप्ठ्यारो स्थिति छ । काठमाडौंमा दैनिक ३५० देखि ४०० सम्म राँगा बध गरिन्छन् । बध गर्ने मुख्य २० वटा ठाउँ छन् । तीमध्ये ५ वटामा अनुगमन गर्दा ४ गुणस्तर नपाएकोले हामीले अहिले ४ वटामा सिलबन्दी गरिसकेका छौं।

 

राँगाको मासु काट्ने ठाउँमा आम उपभोक्ताको पहुँच हुँदैन्  खसी, कुखुरा, भेडा र च्याङ्ग्राको स्थिति अलिक फरक छ  त्यहाँ उपभोक्ताको सहज पहुँज हुन्छ प्रत्यक्ष निगरानी हुन्छ । तर, राँगा काट्ने ठाउँ अव्यवस्थित् रहेकोले हामीले बन्द गर्यौं  उनले हेटौंडामा रहेको पूरानो बद्यशालालाई पूनः सञ्चालनमा ल्याउनेबारे सरकारले तयारी र्गेने जानकारी दिए अनुगमनबाट राँगाको मासु खानलायक नरहेको जिकिर गर्दै यसप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरे ।

फरक प्रसँगमा पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई चुनाव लडाउने भनेर पार्टीभित्र कुनै निर्णय नभएको स्पष्ट पारे चाडपर्वको मौका छोपेर कसैले कालोबजारी गलत काम गर्न खोजे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि चेतावनी दिए । कसैले पनि चाडपर्वको मौका छोपेर गलत गर्नेबारे नसोचे हुन्छ। वर्तमान सरकार सफल हुनैपर्ने उनको भनाई छ निर्वाचित कार्यकारी राष्ट्रपतिको विषय अहिले ओझेलमा परेको गुनासो पोख्दै कार्यकारी राष्ट्रपतिको कुरा असन्दार्भिक नरहेको भन्दै । अहिलेपनि यो बहस जारी रहनु र्पेने उनको भनाइ थीयो ।