कारागार भित्र कुटपिट कारबाहिको माग

११ बैशाख २०७५, मंगलवार ०६:१३

वैशाख ११, काठमाडौ

कारागारका नाइके अमरसिंह महरले कुटपिट गरेको भन्दै तीन जना पीडितले पीडकलाई कारबाहीको माग गरेका छन् ।

पिडित ललितसिंह खत्री, रमेशसिंह खत्री र पुष्करसिंह बोहराले आफूहरूमाथि निर्घात कुटपिट भएको भन्दै पीडकलाई कारबाही गर्न माग गरेका हुन् ।आफूलाई नाइके बताउने महरले चेकजाँचका नाममा निर्घात कुटपिट गरेको भन्दै  वैशाख ७ मा पिडितहरू जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हुन् । जिल्ला प्रहरी कार्यालयले ड्युटीमा रहेका प्रहरी जवानलाई स्पष्टीकरण सोधिएको प्रहरी प्रमुख लालबहादुर साउदले बताए ।

यसैगरी, जिल््ला कारागारले समेत ड्युटीमा खटिएका प्रहरी जवान र नाइके महरलाई कुटपिटबारे स्पष्टीकरण सोधिएको जेलर मानबहादुर खडायतले बताए । दार्चुलामा चौलानी इन्स्टिच्युट सञ्चालन गरेर विद्यार्थी ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको थियो ।

२५ पुरुष कैदीबन्दी क्षमता रहेकोजिल्ला कारागारमा ४६ जनालाई राखिएपछि समस्या भएको बताइएको छ । पुरुष कैदीबन्दी बढी भएपछि विद्युत्, खानेपानी स्वास्थ्य उपचारमा समस्या हुने गरेको चौकीदार अमरसिह महराले बताए । २५ पुरुष र १५ महिला कैदीबन्दी राख्ने क्षमता रहेको जिल्ला कारागार दार्चुलामा एक नाबालक र दुई महिलासहित ४९ कैदीबन्दी राखिएका छन ।पुरानो भवन र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन गर्नसमेत कारागार प्रशासनलाई समस्या भइरहेको कारागार दार्चुलाका सूचना अधिकारी एवं सहायक लेखापाल विजय कुमार ठाकुरले जानकारी दिए ।

क्षमताभन्दा बढी कैदीबन्दी एउटै ठाउँमा राखेर सुताउँदा समस्या हुने गरेको कैदीबन्दीले पटकपटक गुनासो गर्ने गरेको ठाकुरले बताए । गर्र्र्र्मीयाम सुरु भएसँगै कारागारमा उडुस परेर छालासम्बन्धी समस्याले समेत सताएको कैदीबन्दीले बताएका छन् । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई विद्यमान समस्याबारे पटकपटक जानकारी गराउँदै आए पनि कुनै सुनुवाइ नभएको उनीहरूको भनाइ छ । हाल जिल्ला कारागारमा कर्तव्य ज्यान सार्वजनिक अपराधअन्तर्गत दुई पुरुष थुनुवा छन । यस्तै, नकबजनी चोरीमा एक पुरुष, मानव बेचबिखनअन्तर्गत दुई पुरुष र मानव बेचबिखन तथा ओसारपसार उद्योगअन्तर्गत एक पुरुष छन ।

यस्तै, जबरजस्ती करणी मुद्दामा ६ पुरुष, वन्यजन्तु ओसारपसार अन्तरगत पाँच पुरुष, जवरजस्ती करणी उद्योगमा एक थुनुवा र तीन कैदी छन् । यसैगरी, बहुविवाह अन्तरगत एक महिलासहित दुई थुनुवा गरी कुल ४९ जना कैदिबन्दी रहेको दार्चुला कारागारले जनाएको छ ।