“काम नलाग्ने मात्रै अमेरिका आउँछन”–ट्रम्प

४ पुष २०७४, मंगलवार ११:०९

पुस ४, काठमाडौं ।(एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसासम्बन्धमा आफू कहिल्यै सकारात्मक नरहेको बताएका छन् ।
उनले यस प्रणालीलाई मात्र गाली नगरेर यसका लागि निवेदन दिने गरेका हजारौँ मानिसको समेत कडा आलोचना गरेका छन् ।यसरी डिभी भिसा प्रदान गर्दा जथाभावी मानिसहरु चुनिने गर्छन् ।


“हामीले सोच्छौँ की ती देशहरुले हामीलाई उनीहरुको सबैभन्दा दक्ष मानिस पठाउँदै छन् तर वास्तवमा उनीहरुले हामीलाई धोका दिइरहेका हुन्छन् । बधाई छ तिमी अमेरिका जाँदै छौ भन्दै तिनीहरुले हामीलाई आफ्ना देशका सबैभन्दा काम नलाग्ने मानिसहरु पठाइदिन्छन् । यो कस्तो प्रणाली हो ?,”ट्रम्पल शुक्रबार भनेका थिए ।