काभ्रेको वस्तीमा आगलागी, घर जलेर नष्ट

२१ फाल्गुन २०७४, सोमबार ०८:३०

फागुन २१, काठमाडौं ।

काभ्रेपलान्चोकको नवबुद्ध- ११ ठोडारीको वस्तीमा आगलागी भएको छ ।

नजिकैको जङ्गलबाट सुरु भएको आगोले वस्तीमा समेत भेटेको हो । आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ ।

आगो वस्तीमा पसेपछि दमकल र नेपाली सेना आगलागी भएको स्थानमा पुगेको छ ।

आगलागी नियन्त्रणमा आउन सकेको छैन् । वनमा आगो कसरी लाग्यो भन्ने समेत थाहा हुन सकेको छैन् ।