काभ्रेका नायव सुब्बा २० हजार घुससहित पक्राउ

४ मंसिर २०७६, बुधबार १६:५३

काभ्रे , मालपोत कार्यालय काभ्रेमा कार्यरत एक नायव सुब्बाअख्तियारको फन्दामा परेका छन् ।
अख्तियारको टोलीले रोसकाजी जस्पाउलाई सेवाग्राहीसँग २० हजार घुस लिँदै गर्दा कार्यालयबाट नै पक्राउ गरेको हो। काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा–९ घर भई विगत ११ वर्षदेखि सोही कार्यालयमा कार्यरत उनले पटक–पटक सेवाग्राहीसँग घुस लेनदेन गर्दै आएको अख्तियारले बताएको छ।