कानुन मिच्नेलाई निमिट्यान्न पार्न प्रहरी महानिरीक्षक खनालको निर्देशन

१६ मंसिर २०७५, आईतवार १९:०२

धादिङ
प्रहरी कानुन कार्यान्वयन गर्ने एउटा सदस्य भएकोले कानुन मिच्नेलाई निमिट्यान्न पार्न प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीहरुलाई निर्देशन दिएका छन ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङको गजुरीमा नवनिर्मित सुविधा सम्पन्न भवनको आइतबार उद्घाटन गर्दै खनालले सुन्दर भवन जस्तै सुन्दर काम गरेर नागरिकको अगाडि सम्मानित हुन प्रहरीलाई आग्रह गरे ।

विगतमा प्रहरीबाट गल्ती कमजोरीहरु भएका भए पनि अबका दिनमा कुनै गल्ती वा कमजोरी भए कुनै प्रहरीलाई छुट नदिने खनालको भनाई थियो ।

प्रहरी महानिरीक्षक खनालले धादिङमा गुण्डा र अपराधीहरु सलबलाएको सुनेकोले उनीहरुलाई कसुर अनुसार कारबाही गरी जिल्लालाई शान्ति सुरक्षा कायम गर्न निर्देश दिए ।धादिङमा १ करोड ६६ लाख २१ हजार रुपैयाँको लागतमा दुई तले भवन निर्माण भएकोहो ।