काठमाण्डौंको तापक्रम बर्षकै कम, जुम्लामा माइनस १ दशमलव १ डिग्री सेल्सियस तापक्रम

५ मंसिर २०७४, मंगलवार ११:०१

मंसिर ,५ काठमाण्डौं ।
जुम्लामा देशैभरको मौसम चिसो हुदै गएको छ । मंसिरको शुरुवातसंगै राजधानी काठमाडौं उपत्यकासहित देशभरी नै अत्यधिक चिसो महशुस भएको छ ।

काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम ७ दशमलव ८ डिग्री सेल्सिय रहेको मौसम पूर्वानुमान महाशाखाको तथ्यांकले देखाएको छ । हिजो सोमबार ८ दशमलव ४ डिग्री मापन गरिएको काठमाडौंको तापक्रम मंगलबार आज यो वर्षकै कम मापन गरिएको विभागले जनाएको हो । राती आकाश खुलेको तथा जाडो महिना सुरु भैसकेकाले देशभरी कै न्यूनतम तापक्रम घटेको मौसमविद्ले बताएका हुन् । अब देशभरी नै विस्तारै न्यूनतम तापक्रम घटेर चिसो बढ्दै जानेछ । गएको २४ घण्टामा जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव १ डिग्री सेल्सियसमा झरेको छ । हिमाली जिल्लाहरुमा पनि तापक्रम घटेसंगै जनजीवन कष्टकर भएको स्थानीय पत्रकारहरुले जनाएका छन् । चिसोबढेसंगै सवभन्दा ज्यादा प्रभावित केटाकेटी र  बृद्धबृद्धा हुने गरेका छन् ।