काठमाडौृको बसुन्धारामा दुर्घटनामा परेको जीप चेक गर्दा भेटियो पेस्तोल

२३ बैशाख २०७५, आईतवार ०५:२४

वैशाख २३, काठमाडौं ।

काठमाडौंको बसुन्धरामा दुर्घटनामा परेको जीप चेक गर्दा एक पेस्तोल भेटिएको बताइएको छ ।

बा ३ च १६९४ नम्बरको जीप चेक गर्ने क्रममा गाडीको अगाडिको सिट मुनी मेड इन अमेरिकन अटो पेस्तोल, म्यागजिन र ३ राउण्ड बरामद भएको बताइएको छ ।

रातीको ११ः१५ बजे सो जीपले बा ४० प ५६६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक स्याङजा पुतलिबजार ३ घर भइ काठमाडौं २६ बस्ने सन्तोष नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएपछि प्रहरीले जीप चालक सुमन थापालाई नियन्त्रणमा लिएको बताएको छ ।

डिएसपी मोहन थापाको अनुसार गाडी नियन्त्रणमा लिने क्रममा चेक गर्दा पेस्तोल भेटिएको बताए । त्यसैगरी जीपको ठक्करबाट मोटरसाइकलमा रहेका अर्जुन बोहरा घाइते भएका घाइते भएको बताइएको छ ।