काठमाडौं उपत्यकामा थपिए २४६ कोरोना संक्रमित

२९ पुष २०७७, बुधबार १७:१५

 

 

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जनाको कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १८९ , ललितपुरमा ३८ र भक्तपुरमा १९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यो सँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख २३ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ ।