काठमाडौंमा महिला ‘बाइक राइडिङ’ हुने

२८ माघ २०७४, आईतवार ११:२५

माघ २८, काठमाडौं ।

ब्रिटिस काउन्सिलले विश्व महिला उत्सवको अवसर पारेर काठमाडौंमा ‘बाइक राइडिङ’ गराउँदै छ ।

संसारमा महिला र बालिकाहरूले भोगिरहेका कठिनाई, बाधा र व्यवधानहरुलाई खुलस्त पार्न र महिलाहरु पनि सक्षम छन् भन्ने देखाउन कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमलाई वाओ (wow) नाम दिइएको छ ।

यही फागुन ५ गते ललितपुरको पुलचोकस्थित इञ्जिनियरिङ क्याम्पस प्राङ्गणमा हुने यस कार्यक्रममा १५ जना व्यवसायिक बाइक राइडरहरुले ‘बाइक स्टन्ट’ गर्ने आयोजकले जनाएको छ ।