काठमाडौंको भृकुटीमण्डपमा मिडिया प्रदर्शनी हुने

१० माघ २०७५, बिहीबार १५:५४

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा मिडिया प्रदर्शनी हुने भएको छ । एकेडमी अफ मिडिया एण्ड ईभेन्ट म्यानेज्मेन्टले राजधानीमा पत्रकार सम्मेलन गरी आगामी अप्रिल १२, १३ र १४ मा मिडिया प्रदर्शनी आयोजना गर्न लागेको जानकारी दिएको हो ।

ईभेन्ट प्रमुख डम्बर शाहले नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदशनी नेपालको मिडिया क्षेत्रको समग्र विकास र विस्तारको लागि एक खुडकिलो हुने बताउनु भयो ।उहाँले प्रदर्शनीले मिडिया तथा सम्बन्धित क्षेत्रमा साना, मध्यम तथा ठूला गरी सरकारी, गैरसरकारी तथा नीजि लगानीबाट संचालित, प्रसारित र प्रकासित सबै किसिमका सूचनासम्बन्धि कम्पनी र संघसंस्थाहरु एउटै छानामुनी आउने विस्वास व्यक्त गर्नु भयो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल च्याम्बर अफ कमर्स र सि।ई।ओ क्लब लगायतको सहकार्य र सपोर्ट रहने आयोजकले बताएको छ ।नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदर्शनीमा नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुले सहकार्य गरेका छन । जसअन्तर्गत नेपाल पत्रकार महासंघ, सामुदायीक रेडियो प्रसारक नेपाल संघ, नेपाल केबुल टिलिभिजन महासंघ, नेपाल विज्ञापन संघको सहकार्य रहनेछ ।आयोजक संस्थाका अनुसार हालसम्म २३ देशका १५० भन्दा धेरै कम्पनी तथा संघ–संस्थाहरुले सहभागीता जनाउने अपेक्षा आयोजकको छ । प्रदर्शनीमा करिब ४५ हजार दर्शकहरुले अवलोकन गर्ने आशा आयोजकको छ ।