काठमाडौंको बालुवाखानीबाट पेस्तोलसहित एकजना पक्राउ

९ पुष २०७६, बुधबार १४:१३

काठमाडौं , प्रहरीले पेस्तोलसहित काठमाडौं महानगरपालिका बालुवाखानीबाट एकजनालाई पक्राउ गरेको छ ।

रामेछाप मन्थली नगरपालिका १३ घर भई हाल चुनिखेल १३ बस्ने ३५ वर्षीय रोशन बर्देवालाई पक्राउ गरिएको हो । प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा बर्देवा पक्राउ परेका हुन् ।

उनी भगौडा आर्मी भएको प्रहरीले जनाएको छ । प्रहरी अपराध महाशाखाका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । बतायो ।