काठमाडौंको कलंकीमा किन चल्यो गोली ?

१४ श्रावण २०७६, मंगलवार १२:०७

काठमाडौं, काठमाडौंकोकलंकीस्थित हाइड्रो इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा अज्ञात समूहले गोली प्रहार गरेको छ । घरको तेस्रो तलामा रहेको उनकी छोरी सुत्ने कोठामा गए राति ९ बजेतिर गोली प्रहार भएको हो ।

यो गोली कसले चलायो भन्ने बारेमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।

झ्यालबाट छिरेर भित्तामा लागेको गोलीको प्रकृति हेर्दा कुनै लाइसेन्स प्राप्त हतियारको गोली हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

‘यो गोली कतै छिमेकीको घरबाट अन्जानमा फायर भएको जस्तो पनि देखिन्छ,’ एसएसपी सुवेदीले भने ।