कांग्रेस विधि र विधानअनुसार चल्न सकेन नेता सिंह

१६ मंसिर २०७५, आईतवार १९:११

धादिङ–

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले काङ्ग्रेस अहिले विधि र विधानअनुसार चल्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।

कांग्रेस कोषाध्यक्षको राष्ट्रिय भेलामा उनले भने पार्टीमा काम गर्ने र नगर्नेको एउटै मूल्यांकन भइरहेको छ, यसले पार्टीलाई उर्जा प्रदान गर्दैन भन्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए।