कांग्रेस बैठकमा ७ नेताको नोटअफ डिसेन्ट

२२ आश्विन २०७५, सोमबार १०:०५

काठमाडौं । नेपाल विद्यार्थी संघको ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित ७ जनाले नोटअफ डिसेन्ट लेखेका छन् ।

आइतबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले नेवि संघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय भएको थियो । यो निर्णयसँगै नेवि संघको आसन्न महाधिवेशनमा ३२ वर्ष कटेका नेताहरु उम्मेदवार नै हुन नपाउने भए ।

यो निर्णयमा देउवा इतर समूहका प्रभावशाली नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन् । वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, नविन्द्रराज जोशी, प्रदिप पौडेल लगायतका सात नेताले नोट अफ डिसेन्ट नै लेखेका हुन् ।

एक नेताका अनुसार राति ११ बजे सकिएको बैठकको निर्णयहरु माइन्युट गर्दा झण्डै १२ बजेको थियो । त्यसबेलासम्मै बसेर शीर्ष नेताहरुले नै निर्णयमा नोट अफ डिसेन्ट लेखेका हुन् ।

नेविसंघको विधानबारे निर्णय गर्दा प्रक्रिया पुरा नभएको उनीहरुको दाबी छ