कांग्रेस पदाधिकारी बैठक स्थगित

१८ कार्तिक २०७७, मंगलवार ११:०५

काठमाडौं , नेपाली कांग्रेसको पदाधिकारी बैठक नबस्‍ने भएको छ । प्रतिनिधिसभा सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको हो ।

केसीको गएराति ६३ वर्षको उमेरमा कास्कीको पोखरास्थित घरमै निधन भएको थियो । पदाधिकारी बैठक बस्‍ने समयमै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बसेर सांसद केसीको निधनप्रति शोक प्रस्ताव पारित गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनु भयो।