कांग्रेस आफ्ना एजेन्डा लिएर निर्वाचनमा जान्छः रमेश लेखक

१८ पुष २०७७, शनिबार १०:४६

 

काठमाण्डु । नेपाली कांग्रेसका नेता रमेश लेखकले आगामी वैशाखमा हुने निर्वाचनमा आफ्ना एजेण्डा बोकेर जनतासँग जाने बताएका छन् । शुक्रबार भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता लेखकले कांग्रेस निर्वाचनबाट नभाग्ने बताएका छन् ।

‘सरकारले निर्वाचनको घोषणा गरेको छ । सर्वोच्चबाट सरकारको पक्षमा फैसला भएको खण्डमा निर्वाचन तोकिएको मितिमा हुन्छ भने नेपाली कांग्रेस पछाडि हट्दैन, हडाउँदैन, तर्सिदैन । हामी चुनावमा जान्छौं । हामी चुनावमा जाँदा पनि हामी आफ्ना एजेन्डा नडराईकन, नतर्सिकन लिएर निर्वाचनमा जान्छौं’, उनले भने ।

नेता लेखकले सरकारले वैशाखमा निर्वाचन गर्न नसकेको खण्डमा वा प्रतितिनिधिसभा पुर्नस्थापना गर्न नसकेको खण्डमा कांग्रेसले आन्दोलन चर्काउने बताए । उनले आन्दोलनका माध्यमबाट संविधान र लोकतन्त्रको रक्षा गर्न आफूहरु तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।

त्यस्तै उनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक र असंवैधानिक रहेको बताएका छन् ।