कांग्रेसले सभामुखमा उम्मेदवारी दिने

६ माघ २०७६, सोमबार ११:०९

काठमाडौं , प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।

यद्यपि कांग्रेसले अहिलेसम्म सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गरिसकेको छैन । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाले सभामुख पदको अवमूल्यन गरेको बताए । उनले सभामुख पदका लागि योग्य व्यक्ति नेकपाले उम्मेदवार बनाउन नसकेको भन्दै असन्तुष्टि जनाए ।

प्रतिनिधिसभको बैठक सोमबारका लागि बोलाइएको छ । आजको बैठकले सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउने छ । त्यसका लागि उम्मेदवारी दिने र मतदान हुनेछ ।