कांग्रेसको पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बस्दै

६ पुष २०७७, सोमबार १७:५३


काठमाडौं । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक अहिले सुरु भैरहेको छ । कांग्रेसको पार्टी कार्यालय, सानेपामा बैठक सुरु भएको हो ।

सभापति शेरबहादुर देउवाले डाकेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)र जसपा लगायतका नेता सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरेपछिको अवस्थाबारे छलफल गरी आवश्यक रणनीति तय गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो। यही परिस्थितिबीच ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा सर्वदलीय बैठकमा छलफल हुने भनिएको छ ।