कांग्रेसका सभापति देउवाको प्रण : आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने

५ असार २०७५, मंगलवार ११:१२

असार ५, काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी गरेका छन् ।

सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख भएको भन्दै उनले गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेको दाबी गरेका छन् । जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै देवाले भने, ‘कम्युनिस्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन । कम्युनिस्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्नु बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो ।’

सरकार भाषणमा संघीयता र काममा कम्युनिस्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको उनको दाबी छ । प्रधानमन्त्री के.पी ओलीको राष्ट्रवाद पनि लम्पसारवादमा परिवर्तन भएको उनले बताए ।

संविधानको संरक्षण गर्ने र देशलाई कम्युनिस्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै कााधमा आएको देउवाले बताए ।

कांग्रेसले एउटा लडाइा हारेको तर, मैदान नहारेको भन्दै उनले कमजोर मानसिकता होइन, उच्च मनोबलका साथ अगाडि बढ्न आग्रह गरे ।

पार्टीभित्र केहि असतुष्टि अभिव्यक्त भएको भन्दै उनले भनेका छन्, कतिपय कुराहरुलाई मैले स्वभाविक रुपमा लिएको छु भने कतिपय कुरा अतिरंजित र अशोभनिय ढंगले पनि उठ्ने गरेका छन् ।’

संविधान निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिादा पार्टीको केही काम गर्न ढिलाइ भएपनि महत्वपूर्ण काम अगाडि बढेको दाबी गरे । ‘कांग्रेसले ठूलाठूला ऐतिहासिक उपलब्धि प्राप्त गर्ने र सानासाना आग्रह पूर्वाग्रह राखेर जानी नजानी आफैंले प्राप्त गरेका उपलब्धि अवमूल्यन हुने गरी प्रस्तुत त भइसकेका छैनौं ? यसमा सबैको ध्यान जान जरुरी छ’ उनले भने ।

देउवाले आफ्ना लागि राष्ट्र, लोकतन्त्र र काग्रेस भन्दा पि्रय केही नभएको भन्दै बााकी जीवन पनि यसैमा समर्पित गर्ने बताए ।

पार्टीको हार कम्युनिस्ट पार्टीहरुको एकिकरणले चुनौति थपिए पनि आफू विचलित नभएको भन्दै उनले भनेका छन्, मैले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको छु ।’

उनले कांग्रेसलाई फेरि पहिलो पार्टी बनाउने आफनो अभियानमा एकजुट भई सहयोग गर्न पनि आहृवान गरेका छन् ।