कांग्रेसका जिल्ला सभापतिहरुको भेला बोलाउन १३ सदस्यीय पहल समिति गठन

२७ पुष २०७४, बिहीबार ०९:२६

पुस २७, काठमाडौँ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टी पराजित भएपछि कारण खोज्न भेला बोलाउन आग्रह गर्दा पनि सभापति शेरबहादुर देउवाले आलटाल गरेपछि कांग्रेसका जिल्ला सभापतिहरुले भेला बोलाउने निर्णय गरेका छन् ।

latest news from kathmandu nepal, breaking news from kathmandu nepal

सिन्धुपाल्चोकको मेलम्चीमा भएको कांग्रेसका १९ जिल्लाका सभापतिको बैठकले जिल्ला सभापतिहरुको भेला बोलाउने निर्णय गरेको हो । भेलाको लागि बर्दिया सभापति सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय पहल समिति गठन भएको छ । गौतम सिंचाईमन्त्री हुन् । अर्को निर्वाचनसम्म कांग्रेसलाई पहिलो दलको रुपमा उभ्याउन निर्वाचनको समिक्षा र भावी रणनीति तयार गर्नुपर्ने भएकाले जिल्ला सभापतिको भेला आवश्यक रहेको निष्कर्ष भेलाको छ ।भेलामा सिन्धुपाल्चोक, कैलाली, मनाङ, मुस्ताङ, मुगु लगायतका जिल्ला सभापतिहरु सहभागी थिए ।