काँग्रेस प्रवक्तामा शर्मा नियुक्ति

२६ पुष २०७४, बुधबार ०४:०१

पुस २६, काठमाडौं । नेपाली काँग्रेसले पार्टी प्रवक्तामा युवा नेता तथा प्रखर वक्ताका रुपमा चिनिएका विश्वप्रकास शर्मालाई नियुृक्ति गरेको छ । काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका शर्मालाई प्रवक्तामा नियुक्ति गरिएको हो ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई प्रवक्तामा नियुक्ति गरेका पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीको १२ औं महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४(३) बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनयन गरिएको पौडेलले जानकारी दिए ।