काँग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने दाउमाः नेता निधि

१ मंसिर २०७४, शुक्रबार ०७:४२

मंसिर १, धनुषा ।
संविधानमा देखिएको त्रुटि सुधार गर्न कांग्रेस प्रतिबद्ध रहेको नेपाली कांग्रेसका नेता एवं धनुषा क्षेत्र नम्बर ३ का नेपाली कांग्रेसका प्रत्याशी विमलेन्द्र निधिको भनाई छ ।

आज जनकपुर उपमहानगरपालिका–१० मा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेता निधिले यसअघिसमेत कांग्रेसको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमा समेत त्रुटि सुधार गर्न नेतृत्व लिने बताउनुभयो । निधिले नेपाली कांग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने उद्देश्यले मधेशको अधिकार सम्बोधन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको समेत बताएको राससले खवर उल्लेख गरेको छ ।