कविताका कुरा

२७ बैशाख २०७५, बिहीबार ०५:३८

वैशाख २७, काठमाडौं ।
दुर्गा दाहाल
बालकोट, भक्तपुर

 

 

 

 

 

 

म कविता मकैका फूलले लेख्छु
मकैका गुलिया दानाले चाख्छु
मलाई कविताका नरम गोडा
र आकाशजस्तो पातलो करंग
धेरै मनपर्छ ।