कलाकार सिंम्खडाले दिए राजनीतिक दललाई मान्छे खोज्ने थ्रेटन

५ आश्विन २०७४, बिहीबार १५:३०

असोज ५, काठमाडौं । अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाँखाले आज राजधानी स्थित बौद्धमा “विश्व शान्ति हाम्रो योगदान “ विषयक प्रवचन सहित कार्यक्रम सम्पन्न गराएको छ ।

उक्त कार्यक्रममा राष्ट्रिय कलाकार श्रीकृष्ण सिम्खडाले राजनीतिक दललाई मान्छे खोज्ने थ्रेटन दिएका छन् । राजनीतिक दलहरुले मन्छे खोज्ने प्रयास कहिल्यै नगरेको भन्दै अव मान्छे खोज्ने र रोज्ने प्रयास गर्नुहोस् तपाईहरुलाई मान्छेको खाँचो छ भन्दै समुदायमा शान्ति स्थापित गर्न समान व्यवहारको आवश्यकता रहेको औल्याए ।


कांग्रेसले कांग्रेस रोज्ने, एमालेले एमाले रोज्ने र माओवादीले माओवादी रोज्ने मात्र भएको अहिलेको परिस्थित छ यसलाई अन्त्य गरि आम मान्छे खोज्न सकियौ भने देशमा शान्ति आउन सकिने जिकिर गरे । समुदायमा जो कोही मानिस डर, त्रास र भयरहित सबै एक आपसमा सहयोग र पारस्परिक सदभावमा बस्न पाउने अवश्था नै शान्ति हो । तर हाम्रो समुदायमा अझै विभेदको अन्त्य नभएको र एकले अर्कालाई हेप्ने, पेल्ने समस्या रहिआएको छ यसको समाधान तर्फ राजीनीतिक दल र आम अधिकारकर्मीहरु लाग्नुपर्ने बताए । कलाकार सिंम्खडाले शान्ति सुरक्षा, अधिकारका पक्षमा जति कानुन बने पनि त्यसको कार्यन्वयन हुन नसकिएको भन्दै सरोकारवालालाई ध्यानाकर्षण गराए ।


मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाँखाका अध्यक्ष राम बरालले अध्यक्षता गरेको उक्त कार्यक्रममा एमाले सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, मानवअधिकारकर्मी, सञ्चारकर्मी लगाएत सहभागी रहेका थिए ।