कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार १२ हजार शाखा अधिकृतको समायोजन

६ फाल्गुन २०७५, सोमबार १३:२१

फागुन , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करीब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ ।संघ, प्रदेश र स्थानीय तहमा करीब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिनु भयो । सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो । यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो । ६ सय ६२ सहसचिवमध्ये संघमा ५ सय ६० र प्रदेशमा १ सय २ तथा उपसचिवमध्ये संघमा ८ सय ३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो ।