कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुन्छः उपप्रधानमन्त्री पोखरेल

२८ पुष २०७५, शनिबार १३:१०

चितवन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कर्मचारी समायोजन अध्यादेश परिमार्जन हुने बताउनु भएको छ । उहाँले    अध्यादेशमा राखिएका केही प्रावधानबाट नआत्तिन   कर्मचारीहरुलाई आग्रह पनि गर्नु भयो ।

नेकपा सम्बद्ध नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्यसमितिको पाँचौ केन्द्रीय बैठकलाई शुक्रबार राति अबेर चितवनको भरतपुरमा सम्बोधन गर्दै पोखरेलले सो कुरा  बताउनु भएको हो । ‘अध्यादेशमा के राख्ने, के नराख्ने भन्नेबारे गृहकार्य गर्नुहोस्,’ उपप्रधानमन्त्री पोखरेलले भन्नु भयो,   ‘कर्मचारीलाई असर पारिँदैन र पार्न पनि हुँदैन ।’उहाँले  आन्दोलन छाडेर समायोजनमा सहयोग गर्न कर्मचारीहरुलाई सुझाव पनि दिनु भयो ।    पोखरेलले देशमा संवैधानिक र राजनीतिक परिवर्तन भए पनि कानूनी र व्यवहारिक प्रक्रिया मिलाउन बाँकी रहेको  बताउनु भयो ।