कर्मचारी समायोजनमा भएका त्रुटि सच्याउछौंः मन्त्री त्रिपाठी

१६ मंसिर २०७६, सोमबार १९:०७

काठमाडौं , संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीले कर्मचारी समायोजनमा भएको त्रुटि सच्याउने बताउनु भएको छ ।

सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै मन्त्री त्रिपाठीले समायोजनमा भएका त्रुटी सच्याउने बताउनु भएको हो । मन्त्री त्रिपाठीले भन्नु भयो, ‘समायोजनमा कहीँ न कहीँ त्रुटी रहेछ , तिनलाई सच्याउनुपर्ने हुन्छ, सच्याउछौं’

पहिलो पटक समितिको बैठकमा सहभागी हुनु भएका त्रिपाठीले कर्मचारी समायोजनका मुद्दाबारे सकारात्मक धारण राखनु भयो । समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तसम्बन्धी विधेयक विचाराधीन छ ।

उहाँले कर्मचारीको उमेर हद कहिले ५८ कहिले ६० बनाउँदा कार्यान्वयन हुन अप्ठेरो हुने भन्दै त्यसबारे पनि सोच्नुपर्ने बताउनु भएको छ ।