करोडौंका कर छलीका मोबाइल बिक्री

१२ फाल्गुन २०७६, सोमबार १०:५९

पोखरा, पोखरा क्षेत्रमा मासिक रुपमा करिब ६ करोड मूल्य बराबरको कारोबार हुने गरेको छ ।

पछिल्लो एक वर्षदेखि पोखरा क्षेत्रमा करिब ४० देखि ५० प्रतिशत अवैध रुपमा भन्सार छली नेपाल भित्रिएका मोबाइल बिक्री वितरण हुँदै आएको व्यवसायीहरु बताउँछन् ।

नेपालमा आधिकारिक रुपमा भित्रिनु एक महिनाअघि नै अवैध पोखरा बजारमा विभिन्न कम्पनीका नयाँ मोडलमा मोबाइल भित्रिने गरेको नेपाल मोबाइल वितरक संघ गण्डकी प्रदेशका अध्यक्ष शिव पहारीले बताए ।

मल्टिनेशनल कम्पनी भारतमा लन्च भएको दुई÷तीन दिनमै नेपालमा विभिन्न मोबाइल बिक्री वितरण हुन थालेको अध्यक्ष पहारीले जनाए ।

उनले भने, ‘यति बेला पोखरा क्षेत्रमा ४० देखि ५० प्रतिशत अवैधका मोबाइल बिक्री वितरण भएको छ, यसको रेखदेख र अनुगमन कस्ले गर्ने, यसबाट आम उपभोक्ताले तत्काल केही सहुलियतमा मोबाइल हात पारे पनि बिक्री पछिको सेवा प्राप्त गर्न कठिन हुन्छ ।’ (आजको कारोबार दैनिकबाट)