करारका कर्मचारीले सिंहदरबारभित्रै नारा जुलुस गरे

११ कार्तिक २०७५, आईतवार १७:१५

सिंहदबार बाहिर हनुमानस्थान, माइतीघर मण्डलासम्म सरकारले सभा, जुलुस निकाल्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ । सिंहदरबारभित्रनै मन्त्रालयको ढोकामा सेवाबाट हटाइएका करारका कर्मचारीहरुले जुलुससहित धर्ना कार्यक्रम गरेका छन् ।

सरकारले कर्मचारी समायोजन अन्र्तगत हालै करार, अस्थायी तथा ज्यालादारीका रुपमा काम गर्ने कर्मचारीलाई हटाएको थियो । उनीहरुले पुर्नवाहालीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन् । आइतबार कार्यालय खुल्ने समयमा पुगेका उनीहरुले मन्त्रालय घेराउ गेर भने सरकारले पनि सुरक्षाकर्मी परिचालन ग¥यो । कर्मचारी समायोजन अन्र्तगत विभिन्न मन्त्रालय, विभाग, आयोग, सचिवालय, कार्यालय र जिल्लाका विभिन्न कार्यालयमा काम गर्ने करारका कर्मचारी कटौती गरेपछि रोजगारीको माग राख्दै उनीहरुले मन्त्रालय घेराउ गर्दै आइरहेका छन् ।