कमलादीबाट १५ केजी सुन बरामद

१३ श्रावण २०७७, मंगलवार १३:१३

काठमाडौं , प्रहरीले काठमाडौंको कमलादीबाट १५ केजी सुन बरामद गरेको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले सुन बरामद भएको पुष्टि गर्नु भएको छ । अवैधरुपमा भित्र्याइएको अवस्थामा उक्त सुन बरामद भएको केसीले बताउनु भयो ।