कपिलवस्तुमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु ,कृष्णनगरबजार क्षेत्रमा कर्फ्यू

१४ कार्तिक २०७६, बिहीबार १४:२६

कपिलवस्तु , कपिलवस्तुको कृष्णनगर बजारमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । कृष्णनगरका २० वर्षीय सुरजकुमार पाण्डेको गोली लागेर मृत्यु भएको बताइएको छ ।

लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद हुँदा कपिलवस्तुको कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू जारी गरिएको छ । बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।