कपिलवस्तुमा पोखरीमा डुवेर बालिकाको मृत्यु

२५ आश्विन २०७६, शनिबार १५:५८

बुटवल , कपिलवस्तुमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको विजयनगर गाँउपालिका वडा नं ६ उजलपुर निवासी ब्रम्हानन्द कोरीका १० वर्षीय छोरी लक्ष्मी कोरीको आज पोखरीमा डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घर निजकै पोखरीमा फुल टिप्ने क्रममा कोरीको डुवेर मृत्यु भएको हो ।