कपिलवस्तुको गुगौलीमा भीषण आगलागी

२१ चैत्र २०७६, शुक्रबार १९:००

काठमाडौं, कपिलवस्तुको गुगौलीको गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर १ गुगौलीको सिङ्खो गाउँमा लहरै रहेका भुसले छाएका घरहरूमा आगलागी भएको हो ।

करिब ३५ देखि ४० घरमा आगलागी भएको फिल्डमा खटिएका इलाका प्रहरी प्रमुख इन्स्पेक्टर माधु नेपालले बताउनु भयो । अहिले दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेनाको टोली र स्थानीयले आगो निभाउने कार्य गरिएको उहाँले बताउनु भयो ।

अहिलेसम्म मानवीय क्षति नभएको उहाँले बताउनु भयो ।आगलागीको कारण खुल्न सकेको छैन । घटनाको बाँकी विवरण आउन बाँकी छ ।