कञ्चनपुरका सीडीओ गृहमा तानिए

१८ भाद्र २०७७, बिहीबार १४:१४

कैलाली, गृहमन्त्रालयले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई आज फिर्ता बोलाएको छ। खतिवडाको आज त्यहाँबाट सरुवा भएको छ ।

सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकारभन्दा बाहिर गएर अभिव्यक्ति दिएकोमा प्रजिअ खतिवडाप्रति असन्तुष्ट गृह मन्त्रालयले आजै बिहान उहाँलाई कञ्चनपुबाट सरुवा गरेको हो।