ओली र प्रचण्डबीच भेटवार्ता

२५ भाद्र २०७५, सोमबार १२:५१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक बुधबार मात्र बस्ने भएको छ ।

यसअघि २४ र २५ मा सचिवालय र २६ र २७ मा स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर, भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २४ गते मात्र स्वदेश फर्किए । सोमबार पनि सचिवालय बैठक बसेन ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच सोमबार भएको छलफलमा बुधबार सचिवालयको बैठक बस्ने र पार्टी कमिटी र जबज मोर्चा एकताबारे टुंगो लगाउने सहमति भएको छ ।