ऐतिहासिक छात्रा भलिबल आजदेखि

१५ कार्तिक २०७६, शुक्रबार ११:०१

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका–८ ईर्खुमा महिला तर्फ सबै भन्दा धेरै पुरस्कारको राशी भएको भलिबल प्रतियोगिता आज देखी सुरु हुँदै छ । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं तामाङ्गले एक समारोहका बिच खेल उद्धघाटन गर्नु हुने कार्यक्रम रहेको छ ।
शुक्रबार देखी सुरु हुने प्रथम नेपाल–हिल्फे कप अन्तर्गत छात्रा भलिबल तर्फ १२ र पुरुष फुटबल तर्फ ३० समुहले प्रतिस्पर्धा गर्ने भएका छन् । सिन्धुपाल्चोक जिल्लामा भएको प्रतियोगिता मध्ये सबै भन्दा धेरै समुह ४२ समुह बिच प्रतिस्पर्धा हुन लागेको यो खेल एक ऐतिहासिक हुने आयोजकहरुले बताएका छन् । ईर्खु स्पोर्ट्स क्लबको आयोजनामा जिल्ला स्तरीय खुला छात्रा भलिबल र चौतारा नगरस्तरीय खुला पुरुष फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।११ दिन चल्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको र हाल सम्म छात्रा भलिबल तर्फ १२ समुह र पुरुष फुटबल तर्फ ३० समुह गरि जम्मा ४२ समुहले प्रतिस्पर्धा गर्ने आयोजक क्लबका अध्यक्ष प्रकाश दङ्गालले बताउनु भयो । उँहाका अनुसार दुवै प्रतियोगिताका विजेताले ट्रफिका साथ नगद ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा तेस्रो हुने टोलीले नगद १२ हजार पाँच सय रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल–हिल्फे वालिङग्रिस नामक जर्मन संस्थाले ईर्खु माविको विद्यालय भवन निर्माण गरेको छ । हिल्फेले इर्खु मात्र नभई सिन्धुपाल्चोक जिल्लामा धेरै शिक्षण संस्थाहरुको भवन निर्माण गरि शैक्षकि क्षेत्रमा लगानी गरिरहेको छ । यस पछी खेलकुद बिकासका लागी पर्न उक्त संस्थाले लगानी गर्न थालेको हो । क्लबले आफ्नै अगुवाईमा फुटबल मैदान समेत निर्माण गरेको छ । नव निर्मित मैदानमा प्रतियोगिता उद्धघाटनका साथै प्रतीयोगिता सञ्चालन गरिने आयोजक क्लबका अध्यक्ष दगांलले जानकारी दिनु भएको छ ।