एसीसी यू–१६ : नेपालले थाइल्याण्डलाई दियो २३५ रनको लक्ष्य

१२ बैशाख २०७६, बिहीबार १४:४७

एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेटमा नेपालले थाइल्याण्डलाई २३५ रनको लक्ष्य दिएको छ । 

थाइल्याण्डको चियाङ माईमा भएको खेलमा घरेलु टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको नेपालले ३५ ओभरमा ७ विकेट गुमाउँदै २३४ रन बनायो । नेपालको इनिङमा आएश भट्टराईले अर्धशतकीय योगदान दिए ।

उनले नौ चौका प्रहार गर्दै ५८ रन जोडे । यस्तै कप्तान विशाल विक्रम केसीले पनि ३१ बलमा आक्रामक रुपमा ३८ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरेका थिए । दीपक बोहराले ३६ बलमा पाँच चौका र एक छक्का सहित ३५ रन जोडे ।

आठौं विकेटका लागि विशाल कुमार पटेल र निखिल कुमार सिंहले २४ बलमा ४२ साझेदारी गरेपछि नेपालले २३४ रन बनाएको हो । ब्यक्तिगततर्फ विशालले २३ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाए । त्यस्तै निखिलले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २२ रन जोडे ।

बलिङतर्फ नाराविट नुन्टाराचले तीन विकेट लिए भने योद्सक सारानोनाकुनले दुई विकेट लिए ।