एशियाको सबैभन्दा ठूलो कम्पनी छाडेर शिक्षक बन्दै ज्याक

२६ भाद्र २०७५, मंगलवार १२:५०

 

एजेन्सी

बेइजिङ्ग । चीनको अलिबाबा समूहका एग्जीक्युटिभ चेयरम्यान ज्याक माले सोमबार आफ्नो उत्तराधिकारीको घोषणा गरेका छन् ।

 

५४ वर्षे ज्याकले ग्रुपको वर्तमान सीईओ रहेका डेनियल झेंगलाई अर्को वर्ष सेप्टेम्पर १० मा अध्यक्षको पद हस्तान्तरण गर्ने बताएका छन् । तब सम्म माले उनलाई साथ लिएर काम गर्नेछन् । यो झेंगलाई कामको अनुभव विकास गराउन गरिएको हो ।

ज्याक सन् २०२० मा ग्रुपको वार्षिक शेयरहोल्डर बैठकसम्म बोर्डमा कायम रहनेछन् ।

नेतृत्व हस्तान्तरणबारे ज्याकले भने, ‘अलीबाबाको नेतृत्व ड्यानियल र उनको टीमलाई सुम्पने कुरा उपयुक्त समयमा गरिएको सही निर्णय हो । किनकी उनको साथ काम गर्दा मैले थाहा पाएको छु कि उनी जिम्मेवारीको लागि तयार छन् । सीईओ पद सम्हालेपछि उनले शानदार प्रदर्शन गरे ।”

अवकासपछि ज्याक शिक्षण, समाजसेवासँग जोडिनेछन्

सोमबार मात्रै ज्याक ५४ वर्ष लागे । उनी अर्को वर्षको सेप्टेम्बर १० अर्थात् आफ्नो ५५ वर्षको उमेरमा रिटायर हुनेछन् । उक्त दिन अलीबाबा ग्रुपको २० औँ वार्षिकोत्सव पनि हो । ज्याक माले सीईओको पद सन् २०१३ मै छाडिसकेका छन् ।

व्यावसायिक जिम्मेबारीबाट मुक्त भएपछि ज्याक शिक्षक र समाजसेवीको भूमिकामा निभाउने छन् ।

अलीबाबा कम्पनी स्थापना अघि उनी इङ्ग्लिश शिक्षक थिए । उनले शुक्रबार एक अन्तवार्तामा शिक्षण पेशा आफ्नो लागि सीईओ बन्नुभन्दा राम्रो भएको बताए । उनले आफू यो काम राम्रोसँग गर्न सक्ने बताए ।
६० हजार डलर उधारोमा शुरु भएको थियो अलीबाबा

ज्याक माले साथीहरुसँग ६० हजार डलर उधारो लिएर सन् १९९९ मा अलीबाबा डट कम शुरुवात गरेका थिए । अलीबाबा ग्रुप हाल एशियाको सबैभन्दा बढी मूल्य९४२० अर्ब डलर० भएको कम्पनी हो ।

३९।९ अर्ब डलरका साथ ज्याक मा आफै चीनको सबैभन्दा धनी र एशियाको दोस्रो धनी व्यक्ति हुन् ।

भारतको मुकेश अम्बानी ४८।३ अर्ब डलरका साथ एशियाका सबैभन्दा धनी व्यक्ति हुन् ।

उनले एक सन्दर्भमा बिल गेट्सबाट आफूले धेरै कुरा सिकेको बताउँदै आफू गेट्सजति धनी हुन नसके पनि उनीभन्दा पहिले रिटायर हुन सक्ने बताए ।