एभरेस्ट होटलका सञ्चालक जेल चलान

१ फाल्गुन २०७४, मंगलवार ०७:१२

फागुन १, काठमाडौं ।

लागूऔषध सम्बन्धी मुद्दामा फरार रहेको २१ वर्षपछि पक्राउ परेका काठमाडौंको बानेश्वरस्थित एभरेस्ट होटलका सञ्चालक मस्कुर अहमद लारीलाई जेल चलान गरिएको छ ।


जिल्ला अदालत काठमाडौंले सोमबार लारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको काठमाडौं प्रहरी परिसरका एसपी रामदत्त जोशीले बताए ।

उनका अनुसार लारीलार्इ केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

मस्कुर अहमद लारी २५ माघमा पक्राउ परेका थिए ।

सन् १९९७ मा जर्मनीको विमानस्थलमा बरामद गरिएको २ सय ५० केजी लागूऔषध चरेसको अनुसन्धानका क्रममा उनको संलग्नता खुलेको थियो ।