एन आर एन ए कान्साई क्षेत्रिय समितिको २०१९ – २१ कार्यकालको बार्षिक सभा सम्पन्न

२७ भाद्र २०७७, शनिबार १५:३६

केशब खडका,

जापान , सतर्कता अपनाउदै यसपाली एनआरएनए जापान , कान्साई क्षेत्रिय समितिको २०१९ -२१ कार्यकालको वार्षिक साधारण सभा यहि मिती २०२०/ ९ /१० तारिकका दिन एनआरएनए कान्साईका संयोजक कृष्ण गैरेको सभापतित्व तथा एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको छ।राष्ट्रीय गानसंगै सुरू भएको साधारण सभालाई सफल पार्न जापानको एनआरएनए अभियानमा जोडिनुभएका विभिन्न पदमा रहनुभएका पदाधिकारीहरू तथा क्षेत्रिय समिती नागोयाका संयोजक श्याम सितल र क्षेत्रिय समिति निगाताका संयोजक दिपक सुनारको उपस्थिति रहेको थियो। संस्थाका उपसंयोजक हरि कडेलको स्वागत मन्तव्यबाट सम्पूर्ण अतिथिहरू तथा उपस्थित कान्साईवासीहरूलाई स्वागत गर्नुभएको थियो। वार्षिक साधारणसभामा विभिन्न वक्ताहरूले बोल्ने क्रममा एनआरएनए कान्साई क्षेत्रिय समितिले गरेको कामको मुक्तकण्ठले प्रशंसा गर्दै आगामी दिनहरूका लागि शुभकामना व्यक्त गर्नुभएको थियो। एनआरएनएका पदाधिकारीहरूमाझ विद्यार्थीहरूका विषयमा नेसाजको प्रतिनिधिको रूपमा नेसाज क्षेत्रिय समिति कान्साईका उप(संयोजक संजय कार्किले आफ्ना विचार राख्नु भएको थियो। सस्थाका सह(सचिव भूमप्रसाद गैरेको उद्घोषणमा संञ्चालित वार्षिक साधारण सभामा संस्थाको वार्षिक प्रतिवेदन सचिवको अनुपस्थितिमा एनआरएनए कान्साईका उप(संयोजक दिलीप शर्मा गैरेले पेश गर्नु भएको थियो। एनआरएन कान्साईका कोषाध्यक्ष विष्णु सापकोटाले संस्थाको आर्थिक आयविय सहितको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। सुभकामना मन्तव्यको क्रममा एनआरएनए जापानका महासचिवले कान्साईका कामप्रति आफ्नो सधै साथ र समर्थन रहेने जानकारी गराउनु भएको थियो।

एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरूङले महिलाहरूको सहभागितालाई बढाउन हामी सबै आ(आफ्नो ठाउबाट लाग्नुपर्ने र महिला दिदीबहिनीहरूपनि जागरूक भई समाजमा आगाडी आउन लागि अनुरोध गर्दै कान्साई कार्यसमिलाई बधाई तथा शुभकामना दिनुभएको थियो।एनआरएनए आईसीसी सदस्य तथा एनआरएनए जापान क्षेत्रिय समिती कान्साईका संरक्षक तुलसीराम खरेले आफ्ना शुभकामना शब्दहरू राख्दै एनआरएन कान्साई अन्य क्षेत्रको तुलनामा एक कदम अघि रहेको कुरा व्यक्त गर्नुभएको थियो। कोरोनाको महामारीले निम्त्याएको आपतकालीन समयमा खेलेको अब्बल भूमिकाको कदर गर्दै एनआरएनए जापानका सदस्य जिवन गुरूङलाई एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी र कान्साईका संयोजक कृष्ण गैरेले एनआरएनए जापान क्षेत्रिय समिति कान्साईको तर्फदेखि संयुक्तरूपमा सम्मान प्रदान गर्नुभएको थियो। एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीले आफ्नो मन्तव्यको क्रममा आफू आफ्नो सिङ्गो कार्यसमिति तथा सम्पूर्ण क्षेत्रिय समितिहरूको कामबाट सन्तुष्ट भएको कुरा उल्लेख गर्दै अगामी दिनमा संस्थालाई एक स्थान माथी पुर्याउन पक्कै पनि मद्दत मिल्ने कुरामा विश्वास व्यक्त गर्नुभएको थियो। एनआरएनए जापान क्षेत्रिय समिति कान्साईका संयोजक तथा वार्षिक साधारण सभाका सभापति कृष्ण गैरेले आफूहरूले सकेको कामहरू गर्दै आएको र दुईवटा महत्वपूर्ण काम नेपाल फेस्टिवल र कान्साईमा नेपाली मन्दिर निर्माणको काममा कोरोनाको कारणले अन्योल रहेको र अगामी दिनमा यसलाई सफल पार्न आफ्नो भूमिका रहने कुराको जानकारी गराउदै कान्साईमा रहेका सम्पूर्ण संघ(संस्थासंग हातेमालो गरेर अगाडी बढ्ने हुनाले सम्पूर्णलाई सहयोग गर्नका लागि पनि अपिल गर्नुभएको थियो।एनआरएनए कान्साईको वार्षिक साधारण सभालाई विसर्जन गर्ने क्रममा टाढा टाढा देखि पाल्नुभएका सम्पूर्णमा विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो।