एनटीसीका प्रवन्ध निर्देशक अधिकारीद्वारा पदभार ग्रहण

२३ पुष २०७५, सोमबार १७:३१

काठमाडौं–नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले पदभार ग्रहण गर्नु भएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आज पदभार गरिएको हो ।  अधिकारीलाई नेपाल सरकारको  पुस १९ गतेको निर्णयले ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरेको हो ।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दैै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गर्नु भयो ।   उहाँले  काममा ढिलासुस्ती, अधिकारको दुरुपयोग, भ्रष्टाचार तथा आर्थिक अनियमितता जस्ता कुरामा कसैसँग सम्झौता नगरिने  बताउनु भयो ।